सुमिना, गरिमा र दिक्पालको कस्तो रंग बैजनी ? (भिडियो)



rang

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१२ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानद्वारा निर्देशित चलचित्र ‘रंग बैजनी’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरु सुमिना घिमिरे, गरिमा पन्त र नवनायक दिक्पाल कार्कीसँगै देखाइएका छन् ।

दीप प्रधान र शितल मोक्तानको स्वर रहेको यस गीतमा दीप आफैले संगीत दिएका छन् । चलचित्रका लेखक नुतन प्रधान आफैले गीतमा कोरियोग्राफी गरेका छन् । गीतलाई नाम अनुसारनै भिडियो निर्देशन भएको छ । भिडियोमा देखिने कलाकारहरुको पहिरनको रङले पनि ‘रंङ बैजनी’ लाई प्रष्टाउन खोजिएको छ ।

यस चलचित्रका दुईवटा गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । शम्भुका छोरा शशांक प्रधानले खिचेका यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । चलचित्र यही मंसिर १९ देखि देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu