प्रचार-प्रसारको शुभसाइतका लागि ‘अझै पनि’ टिम गणेश मन्दिरमा



pic-5

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ मा रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘अझै पनि’ले प्रचार-प्रसारको थालनीको लागि मंगलवार पुजा-अर्चना गरेको छ । चलचित्रको टिम सहित राजधानीको कमलादिस्थित गणेश मन्दिरमा पुजा गरियो । सुदर्शन थापा प्रडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा  बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

pic-1

पुजामा सहभागि हुन निर्माता पुनम गौतम, निर्देशक आलोक नेम्वाङ्, कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगाएत साथै क्यामेराम्यान राजेश श्रेष्ठ, सह-निर्देशक बसन्त अधिकारी पुगेका थिए । चलचित्र युनिटले पुजा गर्दै चलचित्रको सफलताको कामना गरेका थिए ।

pic-2

चलचित्रले केहि दिनमै प्रचार-प्रसारको पहिलो सामग्री स्वरुप गीत सार्वजनिक गर्दै छ । उक्त गीत नै ‘अझै पनि’को पहिलो प्रचार सामग्री हुनेछ । चलचित्र सामाजिक कथामा बनेको निर्देशक आलोक नेम्वाङ्ले बताए । ‘चलचित्रले प्रेम कथा मात्र होइन सम्पूर्ण समाज र त्यसभित्रका कथालाई बोल्छ’ नेम्वाङ्ले बताए ।

pic-4

चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको मूख्य भूमिका छ । यी कलाकारसँगै विजय लामा, बिशाल ढूङ्गाना, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरु अभिनयमा छन् ।

pic-3

चलचित्रमा विशेषतः ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu