‘विधवा’ नायिका कसरी खुशी ?



bidhawa

अनिल यादव, काठमाण्डौँ ।
आफ्नै बुबाको कथामा बनेको चलचित्र ‘विधवा’ बाट नायिकाको रुपमा डेब्यु गर्न पाउँदा नायिका सोनु घिमिरे खुशी छिन् । मंगलबार राजधानीमा आयोजित उक्त चलचित्रको प्रिमियर शोमा सोनु आफैले बुबा मानबहादुर घिमिरेको चलचित्रबाट डेब्यु गर्न पाउँदा खुशी लागेको बताइन् ।

सोनुले चलचित्रमा एक दलित र विधवा महिलाको भुमिका निर्वाह गरेकी छिन् । ‘पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अश्लिल चलचित्रहरु बनिरहेका छन्’, सोनुले भनिन्– ‘तर एक दलित र विधवा महिलाले समाजमा भोग्नुपरेको पिडा र अपहेलनालाई देखाइएको सामाजिक चलचित्रमा अभिनय गर्न पाउँदा म एकदम खुशी छु । ’ ‘चलचित्रमा विधवाको भुमिका निभाउन आफुले निकै मिहेनत गरेकोले दर्शकले मनपराउनु हुन्छ भन्ने अपेक्षा राखेकी छु’, उनले थपिन् ।

सोनुसँगै चलचित्रमा नायक दिलिप रायमाझी र निर्देशक मनोज श्रेष्ठ स्वयंको अभिनय छ । दिलिप रायमाझीसँग काम गर्न पाउँदा कस्तो महसुस गर्नुभएको छ भन्ने एक प्रश्नमा उनले भनिन्– ‘उहाँ जस्तो सिनियर कलाकारसँग काम गर्न पाउँदा निकै खुशी लाग्यो । उहाँले हामीलाई जुनियर जस्तो व्यवहार कहिल्यै गर्नुभएन । ’

राजधानीको बिग सिनेमामा गरिएको प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको सहभागिता थियो । चलचित्र हेरिसकेपछि सहभागीहरुले चलचित्रले राम्रो कथावस्तुलाई उठाएको प्रतिक्रिया दिएका थिए । गिरी प्रसाद सुनुवारले निर्माण गरेको चलचित्रको छायांकन पाल्पा र बुटवलमा गरिएको छ ।

हालसम्म चलचित्रको रिलिज मिती तोकिएको छैन । ‘कार्तिकसम्ममा चलचित्र प्रदर्शन गर्ने तयारी गर्दछौ’, निर्माता सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu