‘श्री ५ अम्बरे’लाई पिजी प्रमाणपत्र



Saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘श्री ५ अम्बरे’ले चलचित्र जाँचपास समितिबाट पिजी प्रमाणपत्र पाएको छ । मंसिर ५ मा रिलिज हुने यो चलचित्र विषयगत रुपमा एउटा कोशेढुंगा सबित हुने विश्वास गरिएको छ ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन् । नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृत्ति कायमै रहेको छ भन्ने विषयलाई देखाउन खोजेको यो चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ, मार्टिन खान, राज गोदाइली, प्रियंका कार्की आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

ambare-pg

कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेको चलचित्रमा बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले गाएका छन् ।

चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाइ गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको उक्त चलचित्रलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu