सवारी चालकको कथामा ‘हमजाएगा’



humjayega

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्रको शिर्षक हिन्दी भयो भन्ने सुझाव आइरहँदा प्रतिक्षित नेपाली चलचित्र ‘हमजाएगा’ को टिमले नाम परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिएको छ ।

दार्जिलिङमा कुनै समय एकजना ‘हमजाएगा’ उपनामले प्रख्यात सवारी चालक थिए । चलचित्रमा पनि त्यही नामले चर्चित सवारी चालक रहेको र उसको ठाउँमा अरुको नाम नसुहाउने भएकाले परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिइएको हो । मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म युनिटले मंसिर ०५ देखि देशैभर एकसाथ चलचित्र रिलिज हुने घोषणा गरेको छ ।

मुनाल फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रेम, रोमान्स र हास्यको समिश्रण रहेको बताइएको छ । सुरेन्द्र पुनको लेखन र निर्देशन रहेको यस चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, पार्वती राई, ऋचा धिताल लगायतको मुख्य अभिनय छ । पदमलाल श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा योगेन्द्र श्रेष्ठको द्धन्द, अर्जुन जि.सी. को सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu