बाह्रबर्षदेखि संघर्षमा अभय, सिने नगरीमा जम्ने तयारी



Avay-Chanda

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र सपथबाट नेपाली चलचित्रमा प्रवेश गरेका अभय चन्द अहिले सिने नगरीमा जम्ने तयारीमा छन् । उनले अभिनय गरेको नयाँ चलचित्र हिम्मतवाली फूलपातिको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

बाह्र बर्ष अघि चलचित्रमा प्रवेश गरेतापनि अभयले अझै संघर्ष गरिनै रहेका छन् । यतिबेला उनि चलचित्र कुर्वानको छायांकनमा व्यस्त छन् । सिनेमा नगरीमा लाग्नका लागि उनले खुबै मिहिनेत गरे । सम्बन्ध बढाउने आशमा कहिले नृत्य सिक्न पुगे त कहिले एक्सन । तर, पनि उनी अझै मिहिनेत गरिरहेका छन् ।

निर्माता छविराज ओझाको नमस्ते नेपाल नामक अफिस अगाडिबाट उनले कैयौ जिन्दगीका पाइलाहरु अघि सारे । तर, पनि छविको अफिसमा पुगेर उनले सिनेमा खेलाइदिने आग्रह गर्न सकेनन् । तर, २ बर्ष अघि चलचित्र हमेशाको सिलसिलामा उनी र छविको भेट भयो ।

एक्सन सिनेमामा बिशेष जम्न सक्छु भन्छन् अभय । तर, सिनेमाको रंगिन दुनियाँमा उनलाई कहाँ कसरी पाइला चाल्नु पर्छ भन्ने नै थाहा छैन । यसैले पनि उनका लागि सिने नगरी १२ बर्षा पनि कहिलेकाही नयाँ झै लाग्छ ।

अभयले आजसम्म आधा दर्जन चलचित्रमा अभिनय गरे । उनका लागि सिनेमा करिअर हो । यही क्षेत्रमा लागेर करिअर र भविष्य बनाउछु भनेर नै आफूले १२ बर्षसंर्घष् गरेको उनको तर्क छ ।

काममा लगाव र मिहिनेतका कारणले नै उनलाई सिनेमा नगरीले पत्याएको छ । अभय भन्छन्, जतीसुकै सफल भएपनि म आफ्नो संर्घष र धरातललाई विर्सन सक्दिन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu