सुदर्शन भन्छन्, ‘श्याम भन्दा रेखा ट्यालेण्टेड’



sudarshan-rekha

अनिल यादव, काठमाण्डौ ।
दुवै हात गुमाएका ‘हिम्मतवाली’ डेब्यु नायक सुदर्शन गौतमले रेखा थापा उत्कृष्ट नायिका मात्र नभएर उत्कृष्ट निर्देशक पनि रहेको बताएका छन् ।

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले हिम्मतवालीको शुटिङ समयलाई स्मरण गरे । निर्देशक श्याम भट्टराई र रेखाविच विबाद भएपछि ‘हिम्मतवाली’ को निर्देशन रेखाले गरिन् । ‘मलाई शुरुका दुई दिन श्यामजीसँग काम गर्दा निकै असहज भयो, रेखाले गर्न थालेपछि सहज भएको हो’, उनले भने । ‘म चलचित्र क्षेत्रमा डेब्यु कलाकार थिए र मलाई अभिनय गर्न असहज हुने दृश्यहरुमा रेखाजीले अर्को विकल्प निकाल्नु हुन्थ्यो’, उनी भन्दै थिए- ‘त्यसैले म रेखा जीलाई एउटा राम्रो निर्देशक पनि मान्छु ।’ निर्देशक भट्टराई भन्दा पनि रेखाको निर्देशन आफुलाई उत्कृष्ट लागेको पनि उनले सुनाए ।

तपाई र रेखाजीको प्रेम सम्बन्धको हल्ला छ नि बजारमा, खास के हो ? भन्ने प्रश्नमा उनले आफुहरु एक असल साथी मात्र रहेको बताए । असल साथीको सम्बन्ध विहेमा परिणत हुन पनि सक्छ भन्ने अर्को प्रश्नमा उनले हास्दै भने– ‘हुन सक्छ, भन्न सकिदैन् भविष्यका कुरा । ’

rekha-thuloparda

असोज ०५ गते फुलपातीको दिनबाट रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘हिम्मतवाली’ एक नारीप्रधान चलचित्र भनिएको छ । ‘अपाङ्गता असक्षमता होइन्’ भन्ने सन्देश पनि यस चलचित्रले दिनेछ भन्ने आशा गरेको सुर्दशनले सुनाए । ‘यसका लागी मैले सक्दो मिहेनत गरेको छु, मलाई लाग्छ तपाईहरुले चलचित्र हेर्दै जाँदा कहीकतै पनि मलाई अपाङ्ग जस्तो महसुस गर्नुहुने छैन् । ’

यता चलचित्रकी निर्माता, निर्देशक तथा नायिका रेखाले आफुलाई ‘स्टन्ट हिरोइन’ र ‘पुरुष सलमान खान’ को उपनाम पाउँदा खुशी लाग्ने बताइन् । ‘मलाई रोएको, पिडित भएको पात्रभन्दा पनि यस्तो पात्र नै भएको मनपर्छ’, उनले सुनाइन् ।

तपाई रियल लाइफमा पनि ‘हिम्मतवाली’ की रिल लाइफमा मात्र ? भन्ने प्रश्नमा उनले भनिन्– ‘त्यो त तपाईहरुले मुल्यांकन गर्ने हो नि । ’

‘हिम्मतवाली’ ले नेपाली समाजमा एउटा राम्रो सन्देश दिने कुरामा आफु विश्वस्त रहेको पनि रेखाले बताइन् । ‘सुदर्शनको अलौकिक अभिनय तपाईले चलचित्रमा देख्न सक्नुहुनेछ’, उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu