रेखा थापा ‘टेम्पो चालक’ बन्ने



rekha-thapa-thuloparda

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नै चलचित्र ‘हिम्मतवाली’ बाट निर्देशनमा डेब्यु गरेकी नायिका रेखाले आफ्नो अर्को चलचित्रको विषयमा पनि मुख खोलेकी छिन् । उनले ‘हिम्मतवाली’ पछि ‘राम प्यारी’ चलचित्र लिएर आउने बताएकी हुन् ।

चलचित्रमा रेखा आफै नायिकाको भुमिका निर्वाह गर्दैछिन् । ‘म एउटा टेम्पो चालकको भुमिकामा रहनेछु’, उनले सुनाइन् । यो कुनै एउटा व्यक्तिको कथा नभएर सम्पुर्ण टेम्पो चालकहरुमा आधारित चलचित्र रहने पनि उनले बताइन् । रेखाले चलचित्र आफ्नो दोहोरो भुमिका रहेको पनि खुलासा गरिन् । अन्य कलाकारहरुको विषयमा सोध्दा उनले हाँस्दै भनिन्– ‘अहिलेलाई यत्ति नै, हिम्मतवालीपछि अरु पात्रको विषयमा भन्ने छु । ’

अबदेखि रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रहरुमा तपाईले मात्र निर्देशन गर्ने हो भन्ने पत्रकारको जिज्ञासमा रेखाले यस्तो भनिन्– ‘रेखा फिल्मस् मेरो मात्र नभएर सबैको हो, यसमा सबै निर्देशकको अधिकार छ र सबैले गर्न पाउनेछन् । ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu