‘स्टुपिड मन’का कलाकारको कस्तो व्यथा ? (भिडियो)



stupid

ठुलोपर्दा डटकम, काठमाण्डौँ ।
कार्तिक ०७ देखि देशभर रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘स्टुपिड मन’ को नँया गीत सार्वजनिक भएको छ ।

राज सिग्देल र दुर्गा खरेलको स्वर रहेको ‘मझधारमा परेर’ बोलको भिडियो गीत सार्वजनिक भएको हो । गीतमा चलचित्रका मुख्य कलाकारहरु जीवन लुईँटेल, निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीत स्वरमाधूर्य र उत्कृष्ट रहेको छ जसमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् ।

गीतमा प्रेम र विछोडलाई देखाइएको छ । प्रेम कथामा आधारित यस कथाको गीतले श्रोता र दर्शकको मन छुने विश्वास राखिएको छ । चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । निरज बराल र विवेक शाहीले चलचित्रको निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu