‘अझै पनि’को पहिलो अफिसियल गीत रिलिज (भिडियो)



ajhaipani-news

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘अझै पनि’को पहिलो अफिसियल गीत रिलिज भएको छ । शुक्रवार सार्वजनिक ‘प्रेम दिवस’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माको प्रेम झल्किएको छ ।

रिलिज अगावै धेरै श्रोता तथा दर्शकको मनमा गुञ्जिईरहेको यो गीत लोकप्रिय हुनेमा समेत निर्माण युनिट आशावादी छ । यस गीतमा सन्जिब थापाको शब्द तथा स्वर र संगीत हरी लम्सालको रहेको छ । ‘अझै पनि’ आलोक नेम्वाङको निर्देशनमा तयार भएको हो ।

चलचित्र फागुन १५ मा रिलिज हुँदैछ । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्रललाई सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको सहकार्यमा फेशन डिजाईनर पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । ‘अझै पनि’मा सुदर्शन र पुजासँगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङ्गाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu