‘एकादेशमा फिल्म फेस्टिभल’ शुरु



ekadeshma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सबै मिलेर एउटा तरंग ल्याउ भन्ने नाराका साथ शुक्रवारबाट राजधानीस्थित कुमारी हलमा चार दिने ‘एकादेशमा फिल्म फेस्टिभल’ शुरु भएको छ ।

फिल्म फेस्टिभलको उद्घाटनमा चर्चित अभिनेता राजेश हमाल, अभिनेत्री गौरी मल्लसहित चलचित्रकर्मी, कलाकार, पत्रकार र चलचित्रका विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो । चारदिनमा ६९ वटा छोटो फिल्महरु देखाइने यस फेस्टिभलको पहिलो दिन तीनवटा चलचित्रहरु देखाइए । जसमा नेपाली काफल पाक्यो, जर्मनीको र्याप्ड र भारतको राष्ट्रिय अवार्ड जितेको तमास सहभागी अतिथिहरुलाई देखाइयो ।

अन्डरग्राउन्ड टाकिजले आयोजना गरेको यस फेस्टिभल दुई खण्ड अन्तरगत सञ्चालन हुँदैछ । जसमा फुलको माला खण्डमा विदेशी र नेपाली चलचित्रवीच प्रतिष्पर्धा गरिदैछ भने सुनको माला खण्डमा कलाकार, निर्माता, निर्देशक, सम्पादक र छायांकरहरुसंग अन्तरक्रिया गरिदैछ ।

फेस्टिभलमा १७ नेपाली र ५२ विदेशी सिनेमा देखाइदैछ जसमा १७ सिनेमाको विश्वव्यापी प्रिमियर हुने जनाइएको छ । भोलीबाट फेस्टिभलमा जोकोही सहभागी हुनसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu