स्वरुपराज आचार्यको ‘मनमोहनी’



Manmohini

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सातौँ एल्बमसम्म दाई सत्यराजसँग सहकार्य गरेका चर्चित गायक स्वरुपराज आचार्यले आफ्नौ ८ औँ एल्बममा उनको साथ छोडेका छन् । गीतकार उत्तम भौकाजीसँग सहकार्य गरेर तयार भएको स्वरुपको ८ औ एल्बम ‘मनमोहनी’ को हालै विमोचन गरिएको छ ।

प्रायः वरिष्ठ व्यत्तित्वहरुको हातबाट विमोचन गराइने सँस्कारलाई पनि स्वरुप र उत्तमले तोडे । आफ्नै रेकर्डिस्ट एवम ध्वनी सम्पादक मित्र लामा, कभर डिजाइनर अनिल स्थापित र एरेन्जर गोपाल रसाईलीको हातबाट उनीहरुले आफ्नो एल्बम विमोचन गराए ।

विमोचन समारोहमा वरिष्ठ गीतकार दिनेश अधिकारी, वरिष्ठ संगीतकारद्धय शक्ति बल्लव र राजु सिंह, चर्चित गायक राजेश पायल राई, बाबु बोगटी, संगीतकार महेश खड्का, अभिनेता गजित विष्ट लगायत उपस्थित रहेका थिए । कार्यक्रमको सञ्चालन भने चर्चित कार्यक्रम सञ्चालक नरेश भट्टराईले गरेका थिए ।

‘मनमोहनी’ मा ६ वटा गीत समावेश छन् । गीतहरको बोल ‘मनमोहनी’, ‘ढुकढुकी’, ‘आज मनमा’, ‘देखे तिमीलाई’, ‘हर विहान’ र ‘भन तिम्रो मनमा’ रहेको ।

दाई सत्यराजसंग मिलेर स्वरुपमले यसअघि ‘लाहुरे दाई ‘२०५५’, मुटु जलिरहेछ ‘२०५९’, स्वर ‘२०६१’, म्युजिक ‘२०६४’, हस्ताक्षर ‘२०६७’, पुस्ता ‘२०६९’ र पहिलो भेट ‘२०७०’ ल्याएका थिए । गीतकार उत्तमले भने यसअघि ३ एल्बम बजारमा लयाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu