माल्भिकाले बनाउने ‘How Funny’ घोषणा



how-funny-1

अनिल यादव, काठमाण्डौ ।
रातो पर्दा खोलियो । पर्दा खोलिनासाथ ‘How Funny’ लेखिएको एउटा ठुलो ब्यानर देखियो । ब्यानरमा पाँच कलाकारको आ-आफ्नै स्टायलका तस्विर थिए । दयाहाङ राईलाई तेजबहादुर, केकी अधिकारीलाई पुष्पा, निशा अधिकारीलाई हिरा र अनुप विक्रम शाहीलाई कुमुद र प्रियंका कार्कीलाई रमिता भनेर नाम लेखिएको थियो । पाँचवटै तस्विरलाई ढोका बनाइएको थियो । निशा बाहेक अन्य चार कलाकार आ-आफ्नै तस्विर भएको ढोका बाट बाहिर निस्किए । निशा भएको ढोकाबाट चाँही निलु डोमा शेर्पा निस्किइन् ।

यो दृश्य आइतवार पूर्व मिस नेपाल माल्भिका सुब्बाको कार्यकारी निर्माणमा बन्न लागेको चलचित्र ‘हाउ फन्नी’ को घोषणा कार्यक्रमको थियो । कार्यक्रममा पुगेको संचारकर्मीहरुले यस्तो नँया शैलीबाट चलचित्रको घोषणा गरिन्छ भन्ने अपेक्षा राखेका थिएनन् । तर भइदियो यस्तै । शुभकामना मन्तब्य राख्ने क्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पनि भने, ‘यो नँया शैलीबाट ‘हाउ फन्नी’ चलचित्रको घोषणा गरियो, चलचित्र पनि यस्तै पृथक, फन्नी र उत्कृष्ट बनोस् । ’

how-funny-2

टिनी बट बिग पिक्चर्स प्रा. लीको ब्यानरमा निर्माण हुने ‘हाउ फन्नी’ लाई निलुले निर्देशन गर्दैछिन् । चलचित्रका विषयमा स्नातकोत्तर गरेकी निलुले थुप्रै छोटो चलचित्रहरुको निर्देशन गरेपनि फिचर फिल्ममा भने उनको डेब्यु निर्देशन रहने बताइएको छ ।

निशाको व्यस्तताका कारण उनी कार्यक्रममा नआएपनि अन्य चार कलाकारले चलचित्र राम्रो बन्नेमा आफुहरु विश्वस्त रहेको बताए ।

how-funny-3

‘चलचित्रमा धेरै कमेडी र अलिकति प्रेम, दुख लगायतको मिसावट रहनेछ’, निर्देशक शेर्पाले भनिन्, ‘रहस्य शैलीमा प्रस्तुत गरिने यस चलचित्रले सामाजिक सन्देश र महिला मुक्तिका विषयलाई पनि समेट्ने छ ।’ चलचित्रलाई राम्रो र उत्कृष्ट बनाउन आफुले कुनै कसरत बाँकी नराख्ने उनको तर्क थियो ।

आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको संयुक्त निर्माणमा बन्ने यस चलचित्रको कथा र परिकल्पना पनि निर्देशकको आफ्नै रहेको छ । शान बस्न्यातले चलचित्रको कथा लेखेका हुन् ।

how-funny-4

चलचित्रको छायांकन मंसिर ३ गतेबाट गरिने बताइएको छ । पुष १७ गतेबाट पोष्ट प्रोडक्सन गरेर यस चलचित्रलाई चैत्र महिनासम्म रिलिज गर्ने लक्ष्य निर्माण टिमले राखेको छ ।

चलचित्रको घोषणा जसरी ‘फन्नी’ र निकै फरक ढंगले भयो, त्यस्तै नै फरक र उत्कृष्ट चलचित्र बनोस ‘हाउ फन्नी’ । हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu