कार्तिक १४ बाट ‘एउटा साथी’ आउँदै



Euta-Sathi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
रंग पत्रकार लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको चलचित्र ‘एउटा साथी’ कार्तिक १४ गतेबाट देशभर प्रदशर्न हुने भएको छ । मंगलवार राजधानीस्थित सिटी म्याक्स हलमा एक कार्यक्रमको आयोजना गरि निर्माण युनिटले उक्त जानकारी दिएको हो ।

राम खनालको निर्माणमा बनेको यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, शिशिर भण्डारी, एलिशा खड्का, रेन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अनु शाह र सोभित बस्नेत र नारायण पुरीको पनि चलचित्रमा विशेष भुमिका रहेको बताइएको छ ।

रिलिज मितीसँगै चलचित्रको फष्टलुक र दुईवटा गीतपनि सार्वजनिक गरिएको छ । फष्टलुक सम्पुर्ण कलाकारलाई देखाइएको छ । ‘खाली खाली थियो मन’ र ‘शितल पवनलाई सोधन्’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘खाली खाली थियो मन’ मा बोलको गीतमा अनु र जोनको अभिनय रहेको छ । ‘शितल पवनलाई सोधन्’ बोलको गीतमा भने रिश्ता र सलोनको गजबको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।

सुशिल पंगेनीको कथा रहेको चलचित्रमा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको छायांकन गणेश कुमार श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu