सकियो आर्यनको आवेग



aabeg

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक आर्यन सिग्देलको एक्सन भूमिका रहेको चलचित्र ‘आवेग’को छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । निर्देशक बसन्त निरौलाले ३४ दिनमा छायांकन सकिएको जानकारी दिएका छन् ।

सुर्य कार्कीको निर्माण रहेको सिनेमाको छायांकनका क्रममा नायक आर्यन सिग्देल घाइते भएका थिए । आर्यन घाइते भएपछि यसको छायांकन केही दिन रोकिएको थियो ।

यो चलचित्रमा आर्यनका अलवा पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना देलालाको मुख्य भूमिका छ । सिनेमा हेरेपछि आर्यनको एक्सन र स्टन्टको खुलेरै दर्शकले तारिफ गर्ने यसका निर्देशक बसन्त निरौलाको भनाई छ ।

यसअघि विजयपथ र राजनीति बनाएका निर्देशक निरौलाले आवेग आफ्ना लागि महत्वकांक्षी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu