दलित र विधवामाथि हुने भेदभाव विरुद्ध नायक दिलिप रायमाझी (भिडियो)



dilip

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक दिलिप रायमाझी दलित र विधवामाथि हुने भेदभाव विरुद्ध उभिएका छन् । उनले यसको कडा प्रतिरोध गरेका छन् ।

दलित र विधवामाथि बनेको चलचित्र ‘विधवा’ मा दिलिप रायमाझी यस्तो भुमिकामा देखिएका हुन् । चलचित्रको बुधवार सार्वजनिक अफिसियल ट्रेलरले यो भुमिका प्रष्टाइदिएको छ । ट्रेलरमा दिलिपले यस्तो भनेका छन्– ‘संसारको कुन चाँही यस्तो शास्त्र र धर्ममा लेखिएको छ कि एउटा बाहुनले दलितसंग विहे गर्न हुँदैन् भनेर , कँहा लेखिएको छ कि एउटा विधवासंग विहे गर्न हुँदैन् भनेर ।’ यो दृश्यले सबैलाई भावुक बनाउनेछ ।

मनोज श्रेष्ठको कथा र निर्देशन रहेको यस चलचित्रमा दिलिप, डेब्यु नायिका सोनु घिमिरे र निर्देशक आफैको मुख्य अभिनय रहेको छ ।

त्यस्तै, चलचित्रका निर्माता गिरीराज सुनारको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्रका गीतहरु शंकर अधिकारी‘घायल’ ले लेखेका छन् भने विकास चौधरीले संगित भरेका छन् ।

हालसम्म चलचित्रको रिलिज मिती भने तोकिएको छैन् । मंसिर अगावै रिलिज गर्ने तयारीमा रहेको निर्माता सुनारले बताएका छन् ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu