‘कुसुमे रुमाल’का अभिनेता थिए वास्तविक हमजाएगा (भिडियो)



humjayega

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मुनाल फिल्मको ब्यानरमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘हमजाएगा’लाई सिक्किमतिर जोक्सको पात्रका रुपमा प्रख्यात नेपाली मुलका दलबहादुर गुरुङ उर्फ ‘हमजाएगा’बाट प्रभावित भएर यो चलचित्र आफुहरुले बनाएको निर्माण युनिटले एउटा भिडियो देखाउँदै स्पष्ट पारिसकेको छ ।

कतिपयलाई ‘हमजाएगा’ वास्तविक पात्र थिए भन्ने कुरामै विश्वास छैन् । त्यही कारण होला मुनाल फिल्मले आफ्नो अफिसियल वेभसाइटमा वास्तविक ‘हमजाएगा’ ले अभिनय गरेको भिडियो राखेको छ । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘कुसुमे रुमाल’ मा ट्याक्सी चालकको रुपमा हमजाएगाले छोटो अभिनय गरेका थिए जसको भिडियो राखिएको हो ।

‘नाम सापटी लिइए पनि फिल्म उनको कथामा आधारित रहेर बनाइएको भने होइन’, चलचित्रका निर्देशक सुरेन्द्र पुनले स्पष्ट पारे । तर नाम र उनले गर्ने सवारी चालकको पेशलाई चलचित्रमा समावेश गरिएको उनले बताए । ‘जसरी दार्जिलिङका ‘हमजाएगा’ रसिक र रमाइलो मन पराउने खालका थिए हाम्रो फिल्मको मुख्य पात्र पनि त्यस्तै प्रकृतिको छ’, उनले थपे ।

सुरेन्द्र पुनको लेखन र निर्देशन रहेको यस चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, पार्वती राई, ऋचा धिताल लगायतको मुख्य अभिनय छ । पदमलाल श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा योगेन्द्र श्रेष्ठको द्धन्द, अर्जुन जि.सी. को सम्पादन रहेको छ ।

चलचित्र मंसिर ०५ देखि देशभर रिलिज हुँदैछ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu