नायिकाबाट गायिका बनेकी नम्रताले बसन्तपुर तताउने



namrata-sth

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दशैंको अवसरमा नायिकाबाट गायिका बनेकी नम्रता श्रेष्ठले बसन्तपुरमा भव्य कन्सर्ट गर्ने भएकी छिन् । शनिबार बसन्तुपरमा र्‍याप कन्सर्टको आयोजना गरेकी छन् जहाँ नेपाली हिपहपका ठूला नामहरुले दर्शकीय भीडलाई जुरुक जुरुक पार्नेछन् ।

अघिल्लो साता पोखरामा करियरकै पहिलो स्टेज पर्फमेन्स गरेकी एक्ट्रेस टन्र्ज गायिकाले अब बसन्तपुरमा पनि प्रस्तुति दिने भएकी छन् । नम्रतालाई गिरिश खतिवडादेखि ताण्डव को–स्टार लाउरेसम्मले साथ दिने भएका छन् ।

पछिल्लो समय सिनेमा अभिनयदेखि पाश्र्वगायनसम्म व्यस्त ती र्‍यापरहरुसँग नम्रताले गायकी पस्कनेछिन् । बसन्तपुरमा बेलुका ५ बजेदेखि हुने कन्सर्ट दुई घन्टा चल्नेछ । आफ्नो कम्पनी हाइली हाई र भुटु इन्टरटेनमेन्टसँग मिलेर हुने कन्सर्टमा नम्रताले एइड्रेसँग कन्सर्ट समापन गर्नेछिन् ।

गिरिश खतिवडा, निर्णय दा एनएसके, मानस, लाउरेले ब्लकबस्टर नम्बर पस्कने भएका छन् । लाइभ ब्यान्डको पर्फमेन्ससँगै हुने कन्सर्टमा बी–बोइङ कला पनि हेर्न सकिने भएको छ । ‘दुई दशक लामो नेपहप कल्चरलाई स्थापित गर्न खोजेको हुँ’ नम्रताले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu