बोक्सी प्रथामा ‘रक्तभोग’ बन्दै



Sarika

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
समाजमा घटेका अनेक प्रकारका घटनाहरु मध्य जल्दो बल्दो समस्याका रुपमा रहेको महिला हिंसा सगँ सम्बन्धित विषयहरुलाई लिएर चलचित्र ‘रक्तभोग’ निर्माण हुने भएको छ ।

महिला हिंसा अन्तरगत समाजमा व्याप्त बोक्सी प्रथा विरुद्ध चलचित्र ‘रक्तभोग’ निर्माण हुन लागेको बताईएको छ । के.आर.फिल्मस एण्ड इन्टरटेन्मेन्टले बनाउने यस चलचित्रमा सारिका घिमिरे, ज्योति सापकोटा, कृष्णराज तिवारी, शैलेश पौडेल, रामचन्द्र लम्साल, रचना पौडेल मुख्य भुमिकामा देखिनेछन् ।

चलचित्र रक्तभोगको सुटिङ्ग दशैं लगत्तै चितवनको माडीबाट सुरु हुने कुरा यस चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिएका छन् । यस चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन् । यस चलचित्रलाई वि.वी. फुयालले निर्देशन गर्नेछन् भने यस चलचित्रमा पवन गौतमको छायंकन रहेने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu