‘अझै पनि’ प्रचारको लागि चलचित्र टिम फेशन शोमा



ajhai-pani-fashain-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन ११ मा रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ को टिम चलचित्र प्रचारको लागि फेशन नाइट शोमा पुगेको छ । रियाज म्यूजिकसंगको सहकार्यमा नभ्यता म्यागाजिनले शुक्रवार राती गरेको ‘नभ्यता फेसन्स नाईट आउट’मा निर्देशक आलोक नेम्वाङ् तथा मुख्य कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम पनि थिइन् ।

‘हाम्रै समाजको यूवतीहरुको कथा चलचित्रले बोल्छ’, निर्देशक नेम्वाङले स्टेजबाटै भने– ‘त्यसैले तपाईहरु सबै चलचित्र हेर्न आउनुहुनेछ भन्ने अपेक्षा राखेका छौ ।’

राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् । सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले बनाएका हुन् ।

ajhai-pani-fashain-2

फेशनको शोमा ‘अझै पनि’ निर्मात्री पुनम गौतमले आफ्नै कष्ट्युम डिजाइनमा मोडललाई र्‍याम्पमा उतारेकी थिइन् । पुनमले अभिनेत्री गौरी मल्ललाई पनि स्टेजमा निम्त्याएकी थिइन् । त्यस्तै टेन्जिङ याङ्गकाईले पनि आफ्नो समूहलाई र्‍याम्पमा उतारिन् ।

‘ड्रेसहरु विभिन्न तरिकाबाट डिजाइन गरिएपनि यसलाई सबैले लाउन सक्छन् र सिम्पल हुन्छ भन्ने मेरो थीम हो’, फेशन डिजाइनर पुनमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu