कलाकारको वर्गिकरणको विषयमा जथाभावी लेखियोः सञ्चारमन्त्री



rijal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले कलाकारको वर्गिकरणको विषयमा मिडियाले जथाभावी लेखेको बताएका छन् ।

शनिवार चलचित्र ‘कोहिनुर’ ले ऐतिहासिक ५१ औ दिन पार गरेको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेर आएका मन्त्री रिजालले उक्त कुरा बताएका हुन् ।

‘केही समय अघिदेखि मिडियामा ‘मन्त्री रिजालले कलाकारको वर्गिकरण गर्ने’ लगायतका आधारहिन र असत्य समाचारहरु बाहिर आए’, संचारकर्मीहरुप्रति इंकित गर्दै मन्त्री रिजालले भने– ‘यसले मलाई र सिने जगतमा संघर्षरत कलाकारहरुलाई चोट पुगेको छ ।’ समाचार लेख्दा बोलेको कुरा मात्र लेखिदिन उनले पत्रकारहरुसंग कार्यक्रममा आग्रह पनि गरे ।

केही समयअघिदेखि कलाकारको वर्गिकरण हुने चर्चा चलिरहँदा मन्त्री रिजालले यस्तो अभिव्यक्ती दिएपछि वर्गिकरण नहुने पक्कापक्की देखियो । चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले कलाकारको वर्गिकरणको विरोध गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu