चितवनमा ‘मोडेल’को मुहर्त



modelठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजु अधिकारीको कथा एवम निर्देशनमा चलचित्र ‘मोडल’ बन्ने भएको छ । चलचित्रको शनिबार चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा एक कार्यक्रमका विच शुभमुहुर्त गरिएको छ ।

चलचित्रका नायक अमिर गौतमले फस्ट सट दिई शुभमुहुर्त गरेका थिए । कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक भुवन प्यासी कार्यकारी निर्माता रहेको चलचित्रमा नव नायिकाको रुपमा चितवनकी मोडल बर्षा पौडेल डेब्यू गर्दै छिन् । फिल्म भित्रको फिल्मलाई मुख्य कथावस्तु बनाएर बनाउन लागिएको चलचित्रमा मौनता श्रेष्ठको पटकथा रहेको छ ।

दिनेश गौतमको संगीत रहेको चलचित्रमा चितवनको ७० प्रतिशत दृश्य र बाकी काठमाडौ र पोखरामा सुटिड्ड गरिने निर्देशक राजु अधिकारीले बताए । चलचित्र निकै फरक उत्कृष्ट हुने उनको दावी छ । ४० लाखको लागतमा निर्माण लागिएको चलचित्रको छायाकंन आगमी दशै पछि गरिने छ भने छायाँकारका रुपमा रवि कोईराला रहेका छन् ।

हरि बराल र योगेश हमाल निर्माता रहेका चलचित्रको शुभमुहुर्त कार्यक्रममा प्रस्तुतकर्ता मिलन लामा सहित निर्देशक राजु अधिकारी, चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारी, चलचित्र पत्रकार संघका गोविन्द अर्याल, मौनता श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu