आठ बर्षिय निर्देशक सौगात विष्टको नाम गिनिज बुकमा लेखाइने



love-u-baba

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ वर्षको कलिलो उमेरमै चलचित्र ‘लभ यू बाबा’ को निर्देशन गरेका सौगात विष्टको नाम ‘गिनिज बुक अफ द वर्ल्ड’ रेकर्डमा लेखाइने भएको छ ।

आइतवार राजधानीमा आयोजित ‘लभ यू बाबा’ को पहिलो पोस्टर र टिजर सार्वजनिक कार्यक्रममा विश्वकै कान्छो फिल्म निर्देशकको रुपमा गिनिज वुक अफ वर्ल्ड रेकर्डमा सौगातको नाम लेखाउने प्रक्रिया चलिरहेको विश्व किर्तिमानी परिषद्का अध्यक्ष दिपक शर्मा बजगाइँले जानकारी दिएका हुन् । ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्डले हाम्रो निवेदनलाई स्विकारी सकेको छ’, अध्यक्ष बजगाईँले भने– ‘हामी अहिले प्रमाण जुटाउने प्रक्रियामा छौ ।’

अनामनगरस्थित मण्डला थिएटरमा आयोजित उक्त कार्यक्रममा सौगात निर्देशित ‘लभ यू बाबा’ को पहिलो पोस्टर र टिजरसँगै फिल्मको शिर्ष गीत समेत देखाइयो । निर्देशक विष्टले फिल्मको सुटिङ र सम्पादन आफुले चाहे जस्तै भएको कार्यक्रममा बताए ।

love-u-baba1

निर्देशक विष्टका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको यस चलचित्रमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतको पनि अभिनय छ । सम्झना पोखरेल र रोशनि बज्राचार्य फिल्मका लगानीकर्ता हुन् । फिल्म ‘लभ यू बाबा’ को कथा अभिनेता गजित विष्ट स्वयम्को हो । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको यस चलचित्रमा गम्भिर विष्टको कोरियोग्राफी छ । फिल्मका छायाँकार दिव्यराज सुवेदी हुन् । सुमन चापागाइँको सहायक निर्देशन रहेको ‘लभ यू बाबा’ का गोविन्द सिंह भण्डारी मुख्य सहायक निर्देशक हुन् । फिल्म ‘लभ यू बाबा’ सुटिङ सकेर सम्पादनको चरणमा छ । यो फिल्मको सार्वजनिक प्रदर्शन मिति तय भैसकेको छैन ।

कस्तो चलचित्र हो ‘लभ यू बाबा’ ?
आमाको काखविहिन एउटी सानी १० वर्षिया छोरीमा आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्षको एउटा पारिवारिक कथा हो ‘लभ यू बाबा’ । जसरी मान्छेको जीवनले हासखेल, सुख दुख समेट्दै आफ्नो यात्रा तय गरेको हुन्छ, सकेसम्म बाबा र छोरीको त्यस्तै यात्रा तय गरेको छ ‘लभ यू बाबा’ ले ।

प्रेम, माया र मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो छोरीको हरेक इच्छा, आकांक्षा पूरा गर्नका लागी गरेको संघर्ष यस चलचित्रमा देखाउन खोजिएको छ । एउटा बाबालाई आफ्नो सन्तानप्रति उत्तरदायित्व बोध गराउन यस चलचित्रले भुमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu