निर्देशक सुरज सुब्बाको कारण सफल निर्माता बन्न सकेँ: सुनिल रावल



sunil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लगातार दुई हिट चलचित्रहरु ‘सायद’ र ‘होस्टेल’ निर्माण गरेर चर्चा बटुलेका निर्माता सुनिल रावलले आफु निर्देशक सुरजसुब्बा नाल्बोका कारण सफल निर्माता बनेको बताएका छन् ।

सोमवार आफ्नो तेश्रो प्रोजेक्ट ‘होस्टेल रिटर्न्स्’ को शुभमुहुर्तमा उनले निर्देशक नाल्बोकै अगाडी दिल खोलेर उनले प्रशंसा गरे । ‘मैले सुरजजीको हौसलाकै कारण ‘सायद’ बनाए र सफल पनि भए’, उनले भने– ‘मलाई एउटा सफल निर्माता बनाउनमा वहाँकै हात छ । त्यसैले म आज वहाँलाई दिल खोलेर धन्यवाद दिन चाहन्छु’, उनले थपे ।

निर्माता रावलले यसो भनिरहँदा कार्यक्रममा बसिरहेका ‘सायद’ निर्देशक नाल्बो मुसुमुसु हाँसिरहेका थिए । चलचित्र बनिसकेपछि निर्देशक र निर्माताको सम्बन्ध विग्रिएका धेरै उदाहरणहरु हामी समक्ष छन् । तर यि दुईको दोस्ती बिग्रिएको छैन् भन्ने कुरा प्रष्ट देखियो ।

suraj

सम्बन्ध राम्रै थियो भने निर्माता रावलले ‘सायद’ पछिका प्रोजेक्टमा किन नाल्बोलाई नै लिएनन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । तर त्यसको जवाफ पनि रावलले यसरी दिए– ‘म सधै वहाँकै आडमा अघि बढ्न चाहन्न, त्यसैले वहाँबाट सिकेका कुराहरुलाई आत्मसाथ गर्दै अघि बढिरहेको छु ।’

चलचित्र नगरीमा निर्माता रावल र निर्देशक नाल्बोको यो दोस्ती धेरैका लागी उदाहरण बन्न सक्छ । कि कसो ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu