६ वर्षपछि नेपालमा दशै मनाउँदै नायक रमेश उप्रेती



ramesh-upretyठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक समय नेपाली चलचित्र क्षेत्रमा सर्वत्र चर्चा कमाएका नायक रमेश उप्रेती ६ वर्षपछि नेपालमा दशै मनाउँदै छन् ।

अमेरिका पुगेपछि योजना बनाएर दशै मनाउनु पर्ने सँस्कार यहाँ लागु नहुने उनको भनाई छ । भन्छन्– ‘दशै मनाउन अमेरिकाजस्तो यहाँ प्लान बनाइ राख्नु पर्दैन् ।’ ६ वर्षपछि आफ्नो देशमा दशै मनाउन पाउँदा आफु निकै खुशी भएको उनले बताए । ‘दशै भन्ने वित्तिकै मलाई आफै रमाईलो लाग्छ’, ठुलोपर्दा डटकमसँग उनले भने ।

राजधानीमै घर भएका रमेशले आफु हिंसा विरोधी रहेको पनि बताए । ‘तर खसीको मासु भने खान्छु’, उनले सुनाए । दशैमा वाइन खाएर र तास खेलेर पनि दशे मनाउने गर्छन् । ‘तर म त्यस्तो गर्दिन्’, उनले भने ।

‘उता हुँदा दशैमा निकै नरमाइलो लाग्थ्यो’, रमेशले विगत सुनाउँदै भने– ‘त्यसैले ६ वर्षपछि आमा बुबाको हातबाट टिका थाप्न आतुर छु ।’

अभिनेता रमेशलाई हाम्रो तर्फबाट पनि वडा दशै तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu