‘लभ यू बाबा’ टिजरमा हेर्नुहोस् आठ बर्षिय निर्देशकको एक्शन-कट (भिडियो)



love-u

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
८ वर्षिया बालक सौगात विष्टले भन्छन्– ‘हामी सबै रेडी हो’ । त्यसपछि ‘रेडी रेडी’ भन्ने जवाफ आउँछ । सौगातले फेरी भन्छन्– ‘ल लिउँ न त । आर्टिष्ट रेडी ? ’ आर्टिष्ट ले ‘रेडी सर’ भनेपछि उनी ‘लाइट्स’ भन्छन् । लाइटमा पनि ओके भन्ने जवाफ आउँछ । अनी क्यामेराम्यानलाई इंकित गर्दै भन्छन्– ‘क्यामेरा’ । जवाफमा ‘रेडी सर’ आउँछ । त्यसपछि ‘एक्सन’ ।

माथि गरिएको संवादलाई चलचित्र ‘लभ यू बाबा’ ले आफ्नो पहिलो टिजरको रुपमा सार्वजनिक गरेको छ । टिजरमार्फत ८ वर्षिया निर्देशकको क्षमतालाई प्रष्टाउन खोजिएको छ । यो चलचित्र मंसिर २६ मा रिलिज हुँदैछ ।

निर्देशक विष्टका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको यस चलचित्रमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतको पनि अभिनय छ । सम्झना पोखरेल निर्माता रहेको यो चलचित्रमा रोशनि बज्राचार्य सहनिर्माताको रुपमा छिन् ।

फिल्म ‘लभ यू बाबा’ को कथा अभिनेता गजित विष्ट स्वयम्को हो । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा गम्भिर विष्टको कोरियोग्राफी छ । फिल्मका छायाँकार दिव्यराज सुवेदी हुन् । सुमन चापागाइँको सहायक निर्देशन रहेको ‘लभ यू बाबा’ का गोविन्द सिंह भण्डारी मुख्य सहायक निर्देशक हुन् । फिल्म ‘लभ यू बाबा’ सुटिङ सकेर सम्पादनको चरणमा छ ।

विश्वकै कान्छो फिल्म निर्देशकको रुपमा गिनिज वुक अफ वर्ल्ड रेकर्डमा यि बालकको नाम लेखाउने प्रक्रिया चलिरहेको विश्व किर्तिमानी परिषद्का अध्यक्ष दिपक शर्मा बजगाइँले बताइसकेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu