रोक लागेपनि राजधानीमा ‘हिम्मतवाली’ प्रदर्शन



himmatwali-ad

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंगलवार चलचित्र विकास बोर्डले नेपाल चलचित्र निर्माता संघलाई ‘हिम्मतवाली’ प्रदर्शनमा रोक लगाउन अनुरोध गरेपछि कार्यान्वयन भएको छैन । चलचित्र प्रदर्शनको मूख्य केन्द्र काठमाण्डौ सहित देशैभर रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शनमा आएको छ ।

काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र चलचित्र रिलिज हुने प्रावधानलाई आधार मान्दै चलचित्र विकास बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, भक्तपुर र ललितपुर सहित डिजिटल सिनेमा नेपाल र क्यूव सर्भर गोपूीकृष्ण मुभिज प्रा.लि. काठमाण्डौलाई बोधार्थ बनाउँदै हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघलाई मंगलवार नै पत्र काटेको थियो ।

‘हिम्मतवाली’ देशव्यापी प्रदर्शनको लागि आज मिति तय भएको थियो । नेपाल चलचित्र निर्माता संघ र बेपाल चलचित्र संघ बीच २०६० श्रावण २३ गते भएको सम्झौताको बुँदा नं. ९ लाई आधार मान्दै चलचित्र प्रदर्शनमा रोक लगाईएको हो । उक्त बुँदामा “काठमाण्डौ उपत्यकामा नयाँ स्वदेशी चलचित्र प्रदर्शन गर्दा अनिवार्य रुपमा शुक्रवार मात्र गर्नु पर्ने छ” उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu