‘जिन्दगी रक्स’ ओएसटी ‘लखर लखर’ सार्वजनिक (भिडियो)



rocks

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘जिन्दगी रक्स’को ओरिजिनल साउण्ड ट्रयाक सार्वजनिक भएको छ । चलचित्रका प्रायः कलाकार यो गीतमा देखिएका छन् । ‘लखर लखर’ बोलको यो गीतलाई सुगम पोखरेलले गाएका छन् । संगीत पनि पोखरेलकै छ । ओएसटीमा सुगम पनि देखिएका छन् ।

म्यूजिक भिडियोबाट चलचित्रको निर्देशक बनेका निकेश खड्का निर्देशित यो चलचित्रको रिलिज मिति भने तय भएको छैन । चलचित्रमा प्रकृति श्रेष्ठ, अकेशा बिष्ट, सोनम पाख्रिन लगाएतका कलाकारको अभिनय रहेको छ । निर्माता सुजता श्रेष्ठ हुन् ।

हरि हुमागाईँले छायांकन गरेको ‘जिन्दगी रक्स’लाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

ओएसटी हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu