भारतिय सञ्चारमाध्यममा सौगातको चर्चा



love-u

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
संसारमा अनौठा र अपत्यारिला काम गरेर विश्व रेकर्ड राख्ने होडबाजी छ । नेपाल र भारतबाट यस्ता धेरै रेकर्ड राखिएका छन् । यतिबेला सबैभन्दा कम उमेरमा चलचित्र निर्देशन गर्नेमा भारतले नै रेकर्ड राखिरहेको छ, तर अब भने उक्त रेकर्ड नेपालको हातमा आउने भएको छ ।

भारतका ९ बर्षिय किशन श्रिकान्थले सन् २००६ मा ‘फुटपाथ’ नामक चलचित्र निर्देशन गरेर कायम गरेको रेकर्ड तोडिएको थिए । श्रिकान्थलाई उछिन्दै नेपालका ८ बर्षिय सौगात बिष्टले ‘लभ यू बाबा’ नामक चलचित्र निर्देशन गरेका छन् । यो चलचित्र यसै बर्षको ममसिर २६ गते रिलिज हुँदैछ ।

निर्देशक सौगातको कलालाई भारतिय सञ्चार माध्यमहरुले तारिफ र चर्चा गर्न थालेका छन् । भारतियको रेकर्ड ब्रेक हुनुको कारण पनि यो बिषय भारतमा चर्चामा आएको हो । भारतको लोकप्रिय दैनिक तथा अनलाईन पोर्टलले हिन्दुस्तान टाइम्सले सौगातको बारेमा चर्चा गरेको छ । प्रकाशित समाचारमा सौगातको विचार पनि समेटिएको छ ।

भारतका किशनले अनाथ बालबालिकामा आधारित चलचित्र निर्देशन गरेका थिए भने सौगातले आमा गुमाएकी छोरी र उसका पिताको संघर्षलाई पर्दामा उतारेका छन् । ‘लभ यू बाबा’मा गजित बिष्ट, बाल कलाकार संगम बिष्ट, निश्मा घिमिरे, निर्मल शर्मा, अशिष्मा नकर्मी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक सौगात नायक गजित बिष्ट तथा निर्माता सम्झना पोखरेलका छोरा हुन् । मूख्य कलाकार संगम पनि गजितकै छोरी हुन् ।

यहाँ क्लिक गरी हेर्नुहोस् हिन्दुस्तान टाईम्सले प्रकाशन गरेको समाचार

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu