रेखा थापालाई निर्माता संघले गर्‍यो कारवाही, साधारण सदस्यबाट समेत निस्कासित



rekhaठुलोपर्दा डटकम, काठमाण्डौ ।
यतिबेला प्रदर्शन भईरहेको चलचित्र ‘हिम्मतवाली’ निर्मात्री रेखा थापालाई नेपाल चलचित्र निर्माता संघले कारवाही गरेको छ । संघको विधानको दफा १० को (घ) बमोजिम संघको नीति, उद्देश्य र हित विपरित कार्य गरेको ठहरिएकोले रेखाको कम्पनी रेखा फिल्मस् र रेखालाई संघको साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो ।

बुधवार बसेको आकस्मिक बैठकले चलचित्र संघसँगको सहमति विपरित बुधवार नै ‘हिम्मतवाली’ प्रदर्शन गरेकोमा खेद प्रकट गरेको संघका महासचिव केशव भट्टराईको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । “नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सम्पन्न १९ बुँदे सहमति अनुरुप नयाँ स्वदेशी चलचित्र अनिवार्य रुपमा शुक्रवार मात्रै रिलिज गर्ने गराउने भन्ने सहमति विपरित नेपाल चलचित्र संघले काठमाण्डौमा विभिन्न हलहरुमा बुधवार नै एक स्वदेशी चलचित्र प्रदर्शन गराउन हलहरुलाई पत्राचार गरी सो फिल्म रिलिज गराएको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तीमा भनिएको छ, “आँफैले गरेको सहमतिको उल्लंघन गरी नेपाल चलचित्र संघले एकतर्फि ढंगले निर्माता संघसँगको सहमति र सहकार्य तोड्ने बाटोमा अग्रसर देखिएको प्रति हामी गम्भीर खेद प्रकट गर्दछौँ” ।

काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र चलचित्र रिलिज हुने प्रावधानलाई आधार मान्दै चलचित्र विकास बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, भक्तपुर र ललितपुर सहित डिजिटल सिनेमा नेपाल र क्यूव सर्भर गोपीकृष्ण मुभिज प्रा.लि. काठमाण्डौलाई बोधार्थ बनाउँदै हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघलाई मंगलवार नै पत्र काटेको थियो । पत्र काटिएपनि त्यसको बेवास्ता गर्दै ‘हिम्मतवाली’ पूर्वनिर्धारित सम्पूर्ण हलमा चलिरहेको छ ।

नेपाल चलचित्र निर्माता संघ र बेपाल चलचित्र संघ बीच २०६० श्रावण २३ गते भएको सम्झौताको बुँदा नं. ९ लाई आधार मान्दै चलचित्र प्रदर्शनमा रोक लगाईएको हो । उक्त बुँदामा “काठमाण्डौ उपत्यकामा नयाँ स्वदेशी चलचित्र प्रदर्शन गर्दा अनिवार्य रुपमा शुक्रवार मात्र गर्नु पर्ने छ” उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu