बेल्जियममा दुर्घटनाको मुखमै पुगेर बच्यो ‘नमस्ते नेपाल’ युनिट



sabin

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र छायांकनको लागि बेल्जियम पुगेको ‘नमस्ते नेपाल’ युनिट आइतवार दुर्घटनाको मुखमै पुगेर बच्न सफल भएको छ । १५० को स्पिडमा रहेको कार दुर्घटनाबाट बचेको हो ।

कार चलचित्रकी नायिका बेल्जियम नागरिक आनाले चलाएकी थिइन् । आनाको छिट्टै निर्णय लिन सक्ने क्षमताले आफुहरु कहालिलाग्दो दुर्घटनाबाट जोगिएको निर्माता प्रदिप कुमार उदयले बताएका छन् । कारमा नायक सविन श्रेष्ठ, कलाकार गोपाल ढकाल र द्वन्द्व निर्देशक चन्द्र पन्त थिए ।

pradeep

चलचित्र छायांकन स्थल कोन्का जाने क्रममा अघिल्लो कारले एक्कासी ब्रेक लगाएपछि ‘नमस्ते नेपाल’ युनिटको कार दुर्घटना नजिक पुगेको थियो । यतिबेला चलचित्र निर्देशक राजु शाह सहित छायाँकार दिव्य सुवेदी लगाएतको टिम बेल्जियममा छ ।

team

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu