तस्विर र समाचार सहितको ‘दुखियाको दुखि कर्म’ सार्वजनिक



5

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँच मा रिलिज हुने प्रतिक्षित चलचित्र ‘श्री ५ अम्बरे’ले प्रचार-प्रसार लाई तिव्रता दिएको छ । यस अघि ‘यो मनमा हमेशा’ र ‘आँखै अघि जल्यो मेरो’ बोलका गीतहरु सार्वजनिक गरि चर्चा वटुलेको यो चलचित्रले छायांकन स्थलका केहि तस्विरहरु र विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका कटिङ्लाई समेटेर अर्को सुमधुर गीत युटुयुब मार्फत सार्वजनिक गरेको छ ।

सनुप पौडेलको स्वरमा ‘दुखियाको दुखि कर्म’ बोलको यो गीतलाई कालि प्रसाद बास्कोटाले शब्द तथा संगीत दिएका छन् । यो गीतको ओरजिनल भिडियो भने चलचित्रमा मात्रै हेर्न सकिने बताईएको छ ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ, मार्टिन खान, राज गोदाइली लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रमा समावेश गीतमा शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर दिएका छन् ।

गणेश श्रेष्ठले छायाँकन गरेको यो चलचित्रका निर्माता टि.एन. आचार्य र दिपक आचार्य हुन् ।

तस्विर सहितको अडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu