प्रेमजोडीबाट सुरु भयो ‘नाई नभन्नु ल ३’



Samyam-Aasmaठुलोपर्दा डटकम, काठमाण्डौ ।
गत बर्षको सुपरहिट चलचित्र ‘नाईं नभन्नु ल’बाट उत्साहित निर्देशक विकास आचार्यको चलचित्र ‘नाई नभन्नु ल ३’ फ्लोरमा गएको छ । बुधवार वास्तविक जीवनका प्रेमजोडी संयम पुरी र आश्मा डिसीको सटसँगै चलचित्र छायांकन सुरु भएको हो । राजधानीको भद्रकाली मन्दिरबाट छायांकन शुभारम्भ गरिएको हो ।

यो चलचित्रलाई आचार्यले निर्देशन गरेका छैनन् । उनि निर्माता रहेको यो चलचित्रलाई मूख्य सहायक निर्देशक रहेका मुस्कान ढकालले निर्देशनको जिम्मेवारी पाएका छन् । ‘नाईं नभन्नु ल २’ बाल कलाकार अनुभव रेग्मी मूख्य भूमिकामा छन् ।

संयम, आश्मा, अनुभवसहित सुरज सिंह ठकुरी, संचिता लुइँटेल लगाएतको मुख्य भूमिका रहने यो चलचित्रमा आर्यन सिग्देल र गरिमा पन्त बिशेष भूमिकामा देखिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu