आमिर खान भन्छन्, ‘कथाले मन छोए नेपाली चलचित्र खेल्छु’



aamir

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यतिबेला नेपालमा रहेका बलिउड अभिनेता आमिर खानले कथा मन परे नेपाली चलचित्रमा अभिनय गर्न तयार रहेको बताएका छन् । बिहिवार काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा उनले आफुलाई संसारका हरेक चलचित्र हेर्दा खुशी लाग्ने बताएका छन् ।

दक्षिण एसियाका लागि यूनिसेफको पोषण दुत रहेका खान यससम्बन्धी जनचेतना जगाउन मंगलबार नेपाल आएका थिए । बुधवार लुम्बिनी पुगेर फर्केका आमिरले भ्रुण हत्याका बारेमा बोलेका थिए । सम्मेलनमा बोल्दै उनले आफु आमाबाट प्रेरित हुने गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu