नम्रता श्रेष्ठ फेरि अस्वस्थ



namrata

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका नम्रता श्रेष्ठ बिरामी परेकी छिन् । नम्रताले थापाथलीस्थित नर्भिक अस्पतालको बेडमा आराम गरिरहेकी छिन् । गत वर्षको चैत्रमा देब्रे मृगौलामा पत्थरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी उनले पर्‍याप्त आराम नगरेपछि अस्पताल भर्ना भएकी हुन् ।

श्रोतका अनुसार उनलाई दोस्रो पटक टाइफाइट भएको छ । आराम नगरेपछि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भएको बेला एक महिनाभन्दा बढी पोखरास्थित दिदी भिनाजुको घरमा बसेर आराम गरेपनि त्यो पर्‍याप्त हुन सकेन ।

उनको पित्तको थैलीमा पत्थरसमेत देखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu