अमेरिकामा प्रदर्शन हुँदै ‘हमजाएगा’, समाजसेवामा रकम खर्चिईने



humjayega-USA

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँच गते नेपालमा रिलिज हुने चलचित्र ‘हमजाएगा’को अमेरिकामा पहिलो प्रदर्शन हुने भएको छ । न्यूयोर्कको ज्याक्सन हाईटमा आगामी नोभेम्बर १ मा गरिने यो प्रदर्शनबाट उठेको रकम किदास अर्गनाईजेशनलाई प्रदान गरिने निर्माता भोज गुरुङ्ले ठुलोपर्दा डटकमलाई बताए ।

रोश्नी गुरुङ्, प्रेम गुरुङ्, गम प्रशाद गुरुङ् र विजय नकर्मिले न्यूयोर्कमा ‘हमजाएगा’ प्रदर्शनको प्रवन्ध मिलाएका हुन् । मुनाल फिल्म्सको व्यानरमा सुरेन्द्र पुनले निर्देशन गरेको यो चलचित्रमा बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राईलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu