दशैँमा मामाघर पुगेका कान्छा निर्देशकको पूर्वमा चर्चा



Saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षिय बालक सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘लभ यू बाबा’को संकेत राम्रो देखिएको छ । असाधारण प्रतिभाका धनि सौगात विष्टको निर्देशनमा कस्तो चलचित्र बनेको छ भनेर यतिबेला जिज्ञासा भइरहेको छ । यसै क्रममा दशैँको बेला मावली घर बिराटनगर पुगेका उनको चर्चाले पूर्वि नेपाल तातेको छ ।

उनले पूर्वमा पत्रकार सम्मेलन गर्नुका साथै बिभिन्न सञ्चारमाध्यमा पुगेका थिए । मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु-छोरी विचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटीएको यो चलचित्र यतिबेला सम्पादन कोठामा छ । यो चलचित्र मंसिर २६ मा रिलिज हुँदैछ । चलचित्र रिलिजसँगै सौगात संसारकै कान्छा निर्देशकमा आफ्नो नाम लेखाउनेछन् ।

चलचित्रमा निर्देशककी दिदि संगम विष्टको मूख्य भूमिका छ । निर्देशकका पिता गजित बिष्ट पनि मूख्य भूमिकामा छन् । चलचित्रमा गजित र संगमको अलावा निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेल आदी को मुख्य भुमिका रहेको छ ।

चलचित्रको कथा गजित विष्ट नै हो भने पटकथा तथा कोरीयोग्राफी गम्भिर विष्टले गरेका छन् । छांयाङ्कन दिव्य सुवेदिको रहेको छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तको रहेको छ । चलचित्रमा दिपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

चलचित्रको निर्माता सम्झना पोखरेल हुन् भने सह-निर्माता रोशनी बज्राचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu