‘जेरी’ले के गर्ला अनमोललाई ?



Anmol-kc

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘होस्टेल’बाट इन्ट्रि गराएर अभिनयको मुल बाटोमा हिड्न निर्देशन गरेका हेमराज बिसिले फेरी एकपटक अनमोल केसिलाई साथ लिएका छन् । कार्तिक २८ मा रिलिज हुने ‘जेरी’ नामक चलचित्रमा भबिष्यको दमदार नेपाली स्टार अनमोललाई अभिनयमा उतारेका छन् ।

चलचित्रले हालसम्म एक टिजर र एक ट्रेलर मात्र सार्वजनिक गरेको छ । यि दुई प्रचार सामग्रीबाट नै अनमोलले आफुलाई दह्रो उभ्याईसकेका छन् । अनमोलका पिता नायक भुवन केसिलाई नेपालकै माथिल्लो अभिनय खुबि भएको नायक मान्नेहरुका लागि मात्र होइन नयाँ पुस्ताका दर्शकलाई समेत अनमोलले आफ्नो बनाईसकेका छन् ।

सुनिल रावलले बनाएको ‘होस्टेल’मा प्रमूख पात्रको रुपमा देखिएका अनमोल त्यसअघि नै आफ्नै पिताको चलचित्र ‘साथी म तिम्रो’मा शिर्ष गीतमा देखिँदा युवा जमात उनकै पछि थियो । त्यसलाई होस्टेलले अरु पाईला थपिदियो ।

अब अनमोलको परिक्षाको घडि छ । के उनि एक स्टारका छोरा भएर मात्रै यो स्थानमा छन् या साँच्चिकै भबिष्यका स्टार हुन् त्यसको नतिजा ‘जेरी’ले दिनेछ । होस्टल’ रिलिज भएको झण्डै डेढ वर्ष पछि उनि अभिनयमा देखिन लागेका हुन् ।

‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदि कलाकारको मुख्य भूमिका छ । मनोज शेरचनले बनाएको यो चलचित्रलाई सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।

एकपटक रुचेको हेमराज र अनमोलको केमेष्ट्रि फेरी रुचाईन्छ या रुचाईँदैन त्यसको लागि रिलिज सम्म पर्खनुपर्नेछ ।

हेर्नुहोस् टिजरः

हेर्नुहोस् ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu