ज्युँदै जलाईएकी महिलाको कथामा ‘रक्तभोग’ सुरु



raktabhog

ठूलोपर्दा डटकम, काठमाण्डौ ।
चितवनमा बोक्सीको आरोपमा ज्युँदै जलाईएकी महिलाको घटनामा आधारित नेपाली चलचित्र ‘रक्तभोग’ फ्लोरमा गएको छ । मंगलवार बिहान राजधानीको भद्रकालीमा मुहर्त गरि चितवनको माडीबाट छायांकन सुरु गरिएको हो ।

शुभमुहुर्त कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले वि.वि फुयालले निर्देशन गर्न लागेको चलचित्र रक्तभोग राम्रो बन्ने विस्वास व्यक्त गर्दै चलचित्रको निर्माण पक्षलाई चलचित्र निर्माणको शुभकामना दिए । समाजमा विद्यमान घटनाहरु मध्ये जल्दोबल्दो हिंसाको रुपमा रहेको बोक्सी प्रथालाई चिरफार गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हेतुले चलचित्र निर्माण हुन लागेको चलचित्रका निर्देशक वि.वि फुयालले बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले चलचित्रलाई आफुहरुले समाजमा केहि परिवर्तन ल्याउन प्रयास स्वरुप चलचित्र निर्माणको थालनी गरेको बताए ।

चलचित्रलाई पवन गौतमले खिच्ने छन् । चलचित्रमा सारिका घिमिरे, शैलेश पौडेल, ज्योति सापकोटा, रचना पौडेल, रामचन्द्र लम्साल, कृष्णराज तिवारी आदी कलाकारहरुको अभिनय रहने छ । चलचित्रको निर्माण तथा कथा रामचन्द्र लम्सालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu