‘नमस्ते नेपाल’मा दशकपछि पूराना कलाकारहरुको अभिनय



namaste-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बेल्जियममा छायांकन भईरहेको नेपाली चलचित्र ‘नमस्ते नेपाल’मा पुराना कलाकारहरुको जमघट भएको छ । अभिनेत्री पार्वती अधिकारी, खलनायक नरेन्द्र थापा, अभिनेत्री कमला दाहाल र निर्देशक सनम कुमार बैराग यपो चलचित्रमा देखिने भएका छन् ।

‍पार्वती १६ बर्षपछि अभिनयमा फर्किएकी हुन भने नरेन्द्र १६ बर्ष अभिनेत्री कमला ७ बर्ष र निर्देशक सनम कुमार बैराग पनि १६ बर्षपछि चलचित्रमा आएका हुन् ।

‍तमिल फिल्ममा समेत काम गरेकी कमलाले ‘सपनाको नौलो संसार’ नामक नेपाली चलचित्रमा अभिनय गरेकी थिइन् भने नरेन्द्र र पार्वती चर्चित कलाकार हुन् । बैरागले निर्देशन गरेको चलचित्र ‘श्रद्धाञ्जली’ हो ।

निर्माता प्रदीप उदयका अनुसार दशक पछि अभिनयमा आउन पाउँदा उनीहरु निकै हर्षित छन् । राजु शाहले निर्देशन गरिरहेको ‘नमस्ते नेपाल’को चालिस प्रतिशत छाँयाकंन सकिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu