नाटकघरमा हिट भएको ‘टलकजंग’ चलचित्र हलमा के होला ?



Dayahang

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक १४ मा निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ रिलिज हुँदैछ । ब्लकबस्टर चलचित्र ‘लुट’ पश्चात अभिनय र निर्माणमा देखिएका बस्नेतको निर्देशन यो दोश्रो चलचित्र हो ।

चिनियाँ लेखक लु सुनको कथा ‘द ट्रयु स्टोरी अफ आ क्यु’मा आधारित रहि नाटक समेत मञ्चन भईसकेको यो चलचित्रको हालसम्म ट्रेलर र एक गीत सार्वजनिक भएको छ । यसअघि गुरुकुलको मञ्चमा अनुप बरालले यो नाटक मञ्चन गरेका थिए । मञ्चमा यसले ठुलै चर्चा पाएको थियो ।

मञ्चको चर्चा भएको केहि बर्षमा अहिले चलचित्रको रुपमा ‘टलकजंग भर्सेज टुल्के’ आउँदै छ । चलचित्रमा टलकजंग बनेका रंगकर्मी खगेन्द्र लामिछानेले नै लु सुनको कथालाई नेपालीकरण गरेका हुन् । चलचित्रमा उनैको पटकथा रहेको छ । अर्का रंगकर्मी रबिन्द्र सिंह बानियाले चलचित्रमा लगानि गरेका छन् । बानिया चलचित्रका कलाकार समेत हुन् ।

‘टलकजंग भर्सेज टुल्के’मा दयाहाङ राई, रवीन्द्रसिंह बानिया, बुद्धि तामाङ, ऋचा शर्मा, शुसांक मैनाली लगाएतको अभिनय छ । छायाँकार शेर बहादुर लामा हुन् ।

हेर्नुहोस् प्रोमोः

हेर्नुहोस् आइटम गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu