हलिउडमा राजबल्लभको सफलता, पहिलो फिल्मले नै पायो ‘बेस्ट युएस प्रिमियर’ अवार्ड



raj-ballav'ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफुलाई नेपाली चलचित्रमा सफल नायकका रुपमा चिनाएका राजबल्लभ कोइरालाले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ ले रिलिज नहुँदै सफलता हात पारेको छ । पहिलो हलिउड फिल्मले नै अवार्ड हात पारेपछि यति बेला राजबल्लभ निकै खुसी देखिएका छन् ।

असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म चलेको हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘स्टयाण्डिङ ओभेसन सहित ‘बेस्ट युएस प्रिमियर अवार्ड जितेको छ । यस फेस्टिभलमा छोटा फिल्मको विधामा उत्कृष्ट हुने फिल्मले ओस्कारको छोटा फिल्मको अन्तिम पाँचको प्रतिस्पर्धामा सिधै प्रवेश पाउने प्रावधान छ ।

राजबल्लभ अभिनित ‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाईएको छ । फिल्ममा राजबल्लभले पाइलटको भूमिकामा देखिएका छन् ।

फिल्ममा सुयशा राना, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu