अन्तिम समयमा ‘टुल्के’को मोफसल रिलीज मिति सर्‍यो



tulke

अपिल त्रिपाठी, पोखरा ।
पुर्व घोषीत रिलीज मितिको अन्तिम समयमा आएर बहुप्रतिक्षीत फिल्म ‘टलकजंग भर्सेस टुल्के’को मोफसल रिलीज मिति सरेको छ । उपत्यका बाहिर अब टुल्के एक साता पछी अर्थात कार्तीक २१ गते बाट प्रदर्शनमा आउने भएको छ । काठमाडौ उपत्यकामा भने टुल्के यही शुक्रबार बाट नै लाग्नेछ । हाल प्रदर्शनरत दुई नेपाली फिल्म लज्जा र स्टुपिड मनले राम्रो ब्यापार गरीरहेकोले मोफसल रिलीज स्थगन गरीएको निर्माण पक्षले जनाएको छ ।

टुल्केका निर्माता रबिन्द्र सिंह बानिया भन्छन– “लज्जा र स्टुपिड मनले राम्रो ब्यापार गरेकोमा हामी खुशी छौ, जुन भएपनि नेपाली फिल्मले राम्रो ब्यापार गर्नु हामी सबैको लागी राम्रो कुरा हो ।” निर्माता बानियाले लज्जा र स्टुपिड मन लाई थप सफलताको शुभकामना दिदै मोफसल रिलीज सारीएको बताएका छन ।

प्रतिष्पर्धासँग डराएको नभई चलीरहेका नेपाली फिल्मलाई थप सहज बनाउन आफुहरुले यो कदम उठाएको कलाकार समेत रहेका बानियाको भनाई छ । हिन्दी फिल्म ‘ह्याप्पी न्यु इयर’सँग भने आफुहरुको प्रतिष्पर्धा नभएको उनले दावी गरे ।

निश्चल बस्नेत निर्देशित फिल्ममा खगेन्द्र लामीछाने, दयाहाङ राई, रिचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानिया, प्रकाश घिमीरे लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu