फागुन १५ वाट ८ मा झर्यो आवेग



aabeg-song

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ गते अलनेपाल रिलिजको अन्तिम तयारीमा रहेको चलचित्र आवेगले आफ्नो प्रदर्शन मिति सारेर फागुन ८ गते झारेको छ । केहि प्राविधिक समस्याका कारण चलचित्रको प्रदर्शन मिति तल झार्नु परेको बताईएको छ । अब चलचित्र आवेग फागुन ८ गते देशभर प्रदर्शन हुने भएको छ । फागुन १५ मा ‘अझै पनि’ र ‘पुनर्जन्म’ रिलिजको तयारीमा छन् ।

चलचित्रको ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत केहि दिन अगाडी मात्र रिलिज भएको थियो । सूर्य कार्कीको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘आवेग’लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलाला लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।

आर्यन पहिलो पटक निकै खतरनाक एक्शन भुमिकामा देखिने बताईएको छ । यमन म्यूजिक र वी.एन. फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र आवेगमा धन सिंह केसी र राजेन्द्र घिमिरे पनि निर्माता रहेका छन् । चलचित्रमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu