‘हवल्दार सुन्तली’को पहिलो मुहार हेर्नुहोस्



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जाले यति बेला देशभरका चलचित्र हलहरुमा गतिलो व्यापार गरिरहेको अवस्थामा छविराज प्रोडक्सनकै ब्यानरमा निर्माण भएको अर्को चलचित्र हवल्दार सुन्तलीको फष्ट लुक पोष्टर रिलिज भएको छ ।

लज्जाकी हिरोइन शिल्पा पोखरेलकै मुख्य भूमिका रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले बताए । ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य सहित छविराज प्रोडक्सनले फष्टलुक पोष्टर बाहिर ल्याएको हो ।

hawaldar-suntali11

‘हामीले लज्जाबाट सफलता हात पारिसक्यौँ । अबको ध्यान ‘हवल्दार सुन्तली’ तर्फ रहेकाले फष्टलुक सार्वजनिक गरेका हौँ” निर्माता छविराज ओझाको भनाई छ ।

आफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पासँगै किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म ‘रेशम फिलिली’ पनि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu