मंसिर २६ मा कान्छि मट्याङट्याङ 



kanxi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सिन्धुपाल्चोक, पोखरा, मुस्ताङ लगायत स्थानमा छायांकन गरिएको चलचित्र ‘कान्छि मट्याङट्याङ’लाई मंसिर २६ गते हेर्न पाइने भएको छ । पुरन थापाको लेखन निर्देशन रहेको चलचित्र कान्छि मट्याङट्याङलार्इ गोबिन्द शाहिले देशभर वितरणको जिम्मा लिएका छन् ।

चलचित्रमा जय किशन बस्नेत, सारिका केसि, पुरन थापा, लय संग्रौला, राजाराम पौडेल लक्ष्मी गिरि, रमेश मट्टारे, राजेन्द्र खड्गी, शोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अनु शाह र गजित बिष्ट को पनि अतिथि भूमिका देख्न सकिन्छ । कमेडी चलचित्र भएका कारण चलचित्रले राम्रो व्यापार गर्नेमा आफु विस्वस्त रहेको चलचित्रका निर्देशक पुरन थापा विस्वस्त देखिएका छन् ।

चलचित्रलार्इ श्याम रायमाझिले खिचेका हुन् भने द्धन्द निर्देशन एन बि महर्जनको रहेको छ । चलचित्रमा बिकाश चौधरी र टंक बुढाथोकिको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu