‘एउटा साथी’ले सार्‍यो प्रदर्शन मिति, एकहप्ता पछि रिलिज हुने



euta-sathi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘टलकजंग भर्सेस टुल्के’सँग प्रतिस्पर्धा गर्दै देशव्यापी रिलिजको अन्तिम तयारीमा रहेको रंगपत्रकार लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘एउटा साथी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पर सारेको छ । कार्तिक १४ गते प्रदर्शनमा आउने अन्तिम तयारी गरिरहेकोयस चलचित्रले केहि प्राविधिक समस्या देखाउदै आफ्नो प्रदर्शन मिति कार्तिक २१ गतेका लागी तय गरेको छ ।

चलचित्रका वितरक गोविन्द शाहका अनुसार प्राविधिक समस्याका कारण चलचित्र पर सरेको हो । अब राजधानीमा ‘टलकजंग भर्सेस टुल्के’लाई एक्लै रिलिज हुने मौका जुरेको छ । ‘टुल्के’ले पनि राजधानी बाहिर आफ्नो प्रदर्शन मिति एकहप्ता धकेलेको छ ।

अघिल्लो हप्तादेखि देशभर प्रदर्शनमा रहेका ‘स्टुपिड मन’ र ‘लज्जा’ले धेरै हलमा यो साता पनि दर्शक पाईरहने पक्का भएपछि नयाँ रिलिज हुने चलचित्रले हल नपाउने समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu