फ्राईडे रिलिज: चलचित्र ‘टलकजंग भर्सेस टुल्के’



tulke-feat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘एउटा साथी’सँग प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले अन्तत एक्लै रिलिज हुने मौका पाएको छ । एउटा साथी चलचित्रले आफ्नो प्रदर्शन मिति कात्तिक २१ गतेका लागी तय गरेपछि चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राजधानीमा एकलौटी रिलिज हुने गर्ने मौका पाएको हो । मोफसलमा भने अर्को हप्ता रिलिज हुनेछ ।

लुट जस्तो सफल चलचित्र निर्देशन गरेका निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई अहिले बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । प्रायः चलचित्रमा कलाकारका कारण फिल्म चल्ने परिपाटि भएपनि नेपालका एउटा यस्ता निर्देशन हुन् निश्चल जसको कारण फिल्म चल्ने धेरै विस्वास काटेका छन् । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ लुट चलचित्र भन्दा पनि उत्कृट बनेको निर्माण पक्षले दाबी गर्दै आएका छन् ।

हाल प्रदर्शनरत दुई नेपाली फिल्म लज्जा र स्टुपिड मनले राम्रो ब्यापार गरीरहेकोले ‘टलकजंग भर्सेस टुल्के’ को मोफसल रिलीज स्थगन गरीएको थियो । यस चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानिया, प्रकाश घिमीरे लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu