अवधी समुदायको कथामा चलचित्र ‘द बुक अफ मुनिया’ बन्दै



muniya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अवधी समुदायहरुमा बालिकाहरुले विवाह पश्चात परिवारबाट झेल्नुपर्ने समस्या, उनीहरुका चाहाना तथा समस्याका विराकल रुपलाई देखाउन अब चलचित्र नै निर्माण हुने भएको छ । शनीवारदेखी छायांकन सुरु हुने अवधी समुदायका बालिकाहरुको बिषयवस्तुमा आधारित चलचित्र ‘द बुक अफ मुनिया’लाई हारुन अलीले निर्देशन गर्न लागेका छन् ।

बाँकेको बनकटी गाविसको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन हुन लागेको निर्माता रवी पटेलले जानकारी दिएका छन् । १० लाखको लगानीमा निर्माण हुन लागेको चलचित्र ‘द बुक अफ मुनिया’ अर्थवाइल्ड फिल्म कम्पनीको व्यानरमा र मितेरी थिएटरको साझेदारीमा निर्माण हुन लागेको हो । चलचित्रको छायांकन १० दिनमा सकिने निर्माण पक्षले जनाएको छ ।

नेपालमै पहिलो पटक अवधी भाषामा निर्माण हुन लागेको चलचित्र व्यवसायिक चलचित्र भन्दा फरक हुने निर्माणपक्षले दाबी गरेको छ । चलचित्रमा आरती बर्मा, प्रकाश नेपालीका साथै कलाकार बिरेन्द्र यादव, अभिन्दन सोनीको मुख्य अभिनय रहने यो चलचित्रबाट भीष्म लोध प्रमुख कलाकारको रुपमा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu