पार्टीमा नाच्दै अनमोल (भिडियो)



anamol

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘होस्टेल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशन हेमराज विसीले निर्देशन गरेको पछिल्लो चलचित्र ‘जेरी’को दोश्रो गीत रिलिज भएको छ । कार्तिक २८ गते देशभर रिलिज हुन लागेको चलचित्र जेरीको दोस्रो गीतमा अनमोललाई पार्टीमा देखाईएको छ ।

यसअघि ‘लभ सङ्ग’ रिलिज गरेको जेरी यूनिटले आइतवार ‘क्लब सङ्ग’ सार्वजनिक गरेको हो । नयाँपुस्ताको प्रेमकथा भन्ने ‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचनलगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। मनोज शेरचनले निर्माण गरेको फिल्मको कथा सम्राट प्रसाद गौचन र निर्देशक बिसीले संयुक्तरुपमा लेखेका हुन् ।

फिल्ममा नरेन लिम्बुको संगीत, शैलेन्द्र डि. कार्कीको छायाँकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu